एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पा एक अभिव्यक्तिका कारण विवादमा - Pahilo Online

एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पा एक अभिव्यक्तिका कारण विवादमा

writer

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माटिरीङ शेर्पा विवादमा तानिएका छन् । एक अनलाईनमा दिएको भिडियो संवादलाई लिएर एन्फा अध्यक्ष शेर्पा विवादमा तानिएका हुन् ।

तराईमा सञ्चालन गरिएको ग्रासरुट फुटबलले राष्ट्रियता बलियो हुन सघाउ पुर्याउने आशयको अभिब्यक्ती दिएका थिए । प्रसंगमा उनले भनेका छन्, ’नेपाल आर्मीसंग मिलेर तराईका चार जिल्ला (सप्तरी, सिराहा, धनुषा, महत्तोरी) मा ग्रासरुट सुरु गरेका छौ । किन गर्यौ भन्दा खेरी दुई कारणले गर्यौ । पहिलो तराईका बच्चालाई फुटबलतर्फ आकर्षित गर्न र अर्को कुरा राष्ट्रिय सिकाउनका लागि । तराईतिर जादाँ खेरी राष्ट्रियताको फिलिङ अलिकती कम छ । आर्मीसंग ग्रासरुटको कार्यक्रमको प्रशिक्षण सिक्न आउँदा, आर्मीको ब्यारेकमा आउँदा, राष्ट्रिय गित गाउने, नेपालको बिषयमा चर्चा हुने र फुटबलका माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले काम गरिरहेका छौ ।’

सोही भनाईलाई लिएर संघीय संसदको बुधबारको बैठकमा जनता समाजवादी पाटी नेपालका सांसदले आपत्ती जनाए । सुन्य समयमा बोल्दै सांसद बिमल प्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको भनाईले नेपाली समाजमा विभेदको विजारोपण गरेको बताए । उनले मधेशीलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउन लागिएको भन्ने शेर्पाको अभिब्यक्तीलाई छानविन गरेर आवश्यक कारबाही गर्न माग गरे ।

तर एन्फा अध्यक्ष शेर्पाले बिषयलाई तोडमोड गरेर अतिरञ्जित गरिएको प्रतिक्रिया दिएका छन् । ‘भनाई तोडमोड गरेर षडयन्त्रको गरिएको छ । यसको भण्डाफोर हुनेछ ।’ उनले भने । उनले घटनाको कानुनी रुपमा जवाफ दिईने बताए । अध्यक्ष शेर्पाले आफ्नो पुरै भिडियो हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । ‘पुरै भिडियो हेर्दा हुन्छ । काटछाट गरेर गलत गरिकाले प्रचार गर्न खोजिएको छ ।’ उनले भने । उनले मधेशको राष्ट्रियताको सवालमा कहिल्यै प्रश्न नगरेको भन्दै आफुले राष्ट्रियताको भावना बलियो बनाउन निरन्तर लागिरहेको उल्लेख गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes