कोरियन भाषा एचआरडी कोरियाद्वारा कोरोनाको कारण रद्द, परीक्षा अनिश्चित - Pahilo Online

कोरियन भाषा एचआरडी कोरियाद्वारा कोरोनाको कारण रद्द, परीक्षा अनिश्चित

writer

काठमाण्डौ । एचआरडी कोरियाले २०२० जुनमा लिने भनिएको परीक्षा कोरोनाको कारण रद्द भएको जनाएको छ। अब भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको जनाएको छ । यस्तै अब हुने परीक्षामा उत्पादनमुलक क्षेत्रमा मात्र परीक्षा लिएर कामदार छानोट गर्ने योजना भएकाले अघिल्लो वर्षको तुलनामा भाषा परीक्षामा पास हुनेको सङ्ख्या घट्ने एचआरडी कोरियाले जनाएको छ । २०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक क्षेत्रमा गरी दुई विधामा परीक्षा भएकाले धेरै पास भएका थिए ।

यो वर्ष विशेष कोरियन भाषा परीक्षा (सीबीटी) पनि नहुने भएको छ । रोष्टरमा भएका व्यक्तिहरु धेरै भएकाले यो वर्ष सीबीटी परीक्षा नहुने एचआरडी कोरियाले उल्लेख गरेको छ । भाषा परीक्षामा हुने अमर्या्दित गतिविधि रोक्न कम्युटर लगायतका तरिकाबाट परीक्षा लिने माध्यमबारे अध्ययन भइरहेको भए पनि अझै कुन माध्यमबाट परीक्षा हुन्छ भनेर निष्कर्षमा नपुगेको कोरियाले जनाएको छ । भाषा परीक्षामा हुने अमर्या्दित क्रियाकलापलाई रोक्न औंठा छाप लिने व्यवस्थाको सुरुवात र कम्पुटरबाट परीक्षा लिने ठाउँको निर्माण सकिएपछि मात्रै परीक्षाको मिति तोक्नेबारे नेपाल सरकारसँग सल्लाह भइसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes