साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमित ७ जनाले ज्यान गुमाए - Pahilo Online

साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमित ७ जनाले ज्यान गुमाए

writer

काठमाण्डौ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ । मार्च २ देखि बिहीबारसम्ममा १३ सय ६४ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको नेपाली दूतावासले हेर्ने क्षेत्रमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको दूतावासले जनाएको छ ।

साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ गरी रियादमा रहेको राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना नेपाली सङ्क्रमित छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् । अघिल्लो हप्ताको मंगलबार अर्थात बैशाख ३० गतेसम्म ६७४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । गएको ९ दिनमा मात्रै थप ६९० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउदीले सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ । यस्तै मे २३ देखि २७, सम्मका लागि साउदीले कार्फ्यु जारी गरेकाले यसको पालना गर्न दूतावासले अनुरोध पनि गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes