भारत र बंगलादेशमा आँधीका कारण १६ जनाको मृत्यु - Pahilo Online

भारत र बंगलादेशमा आँधीका कारण १६ जनाको मृत्यु

writer

एजेन्सी । भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अम्पन नाम दिइएको आंधीका कारण रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । प्रति घण्टा १ सय ८५ किलोमिटर प्रति घण्टाको वेगमा आएको आंधी प्रभावित ३० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । कोरोना महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।

प्रभावित केही मानिसहरू हालै मात्र कोरोनाबाट बच्न क्वारेन्टाइनमा बसेर फर्केकाहरू पनि छन् । पूर्वी भारतीय राज्यहरू र बंगलादेशमा आँधीको असर बढी देखिएको छ । आंधी पश्चिम बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । त्यसपछि यो क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइएको छ ।

उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो । यता नेपालमा आंधीको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित हुने मौसमविद्हरुले जनाएका छन् । आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes