नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित - Pahilo Online

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

writer

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०७७, ७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा मंगलबार बहुमतले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट सांसद मीनेन्द्र रिजाल, जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादीका सांसद सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

संशोधन फिर्ता लिनका लागि संशोधनकर्ता सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए । संशोधन प्रस्तावमा माग गरिएका विषय नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएका थिएनन् । ती सबै संशोधन प्रस्ताव बहुमतले अश्वीकृत भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई सर्वसम्मत बनाउन आग्रह गरेका थिए । प्रतिपक्षी दलहरूलाई संशोधन प्रस्ताव फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन जनाउन आग्रह गरेका थिए । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । जुन प्रतिनिधिसभाको बहुमतले पारित भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes