जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज बाट सुचारु हुदै - Pahilo Online

जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज बाट सुचारु हुदै

writer

एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल भोली (शनिबार) बाट सुचारु हुँदैछ । कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुनस् सुचारु हुन लागेको हो । बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपियन शीर्ष लिग हो ।

फ्रान्सको लिग वान रद्द भईसकेको अवस्थामा बुन्डेस लिगा भने सुचारु हुन लागेको हो । शनिबार लिगमा विभिन्न ६ खेल हुनेछ । तर, सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ । नेपाली समय अनुसार साँझ ७स्१५ बजे पाँच खेल हुनेछ । जसमा बोरुसिया डर्टमण्डले शाल्केसँग घरेलु मैदानमा खेल्नेछ । डर्टमण्ड लिगको दोस्रो स्थानमा छ । शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न चाहन्छ ।

डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ । यस्तै अग्सबर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गबीच खेल हुनेछ । फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीचको खेल भने राति १०ः१५ बजे सुरु हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes