एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित अष्ट्रियाको शीर्ष डिभिजनको बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने भएको छ । अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको हो ।
लिगको सुचारु मिति तय भएको छैन । तर, जुन ६र७ बाट लिग सुचारु गर्ने तयारी गरिएको छ । सरकारले टिमको प्रशिक्षण शुक्रबारबाट गर्न समेत अनुमति दिएको छ । तर, खेलाडीले २ मिटरको दुरी कायम गर्नु पर्नेछ । सबै खेलाडीको कोरोना परिक्षण समेत गर्नु पर्नेछ ।
यस सिजन लिगमा १० चरणको बाँकी रहेको छ । यस सिजन लिन्ज एल,ए,एस,के शीर्ष स्थानमा रहेको छ । लिन्ज साविक विजेता आरबी साल्ज वर्ग भन्दा ३ अंकले अघि रहेको छ । कोरोनाको कारण अष्ट्रियामा ६ सय बढीको मृत्यु भईसकेको छ । १५ हजार बढीमा संक्रमण देखिएको छ ।