भारतमा मंगलबारबाट रेलसेवा सञ्चालन - Pahilo Online

भारतमा मंगलबारबाट रेलसेवा सञ्चालन

writer

काठमाडौं । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेलसेवा मंगलबारबाट सञ्चालन भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरुमा रेलसेवा सुरु गरेको हो ।मन्त्रालयले रेलसेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।

यसअघि, ‘लकडाउन’का कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म र्पुयाउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ ।

रेलमन्त्री पीयुष गोयलकाअनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म र्पुयाउन ४६८ ओटा रेल सञ्चालन गरिएको छ ।कोरोना संक्रमणको त्रासकाबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ ।भारतीय रेलसेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने तयारी रहेको छ ।

यस्तै, दिल्लीभित्र चल्ने सार्वजनिक रेलसेवा पनि सञ्चालनको तयारी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । दिल्ली मेट्रोले पनि सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली मेट्रो २२ मार्चदेखि बन्द गरिएको छ ।

यसैबीच, रेलसेवा सञ्चालन हुनुअघि अनलाइनमार्फत् ३० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन् । करिब ५४ हजार यात्रुले रेलयात्राका लागि टिकट खरिद गरिसकेको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । अनलाइन आवेदन खुलाएको केही घन्टामै १० करोडभन्दा बढीको कारोबार भएको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes