कोरोनाको कारण आईसीसी महिला विश्वकपको छनोट स्थगित - Pahilo Online

कोरोनाको कारण आईसीसी महिला विश्वकपको छनोट स्थगित

writer

काठमाडौं । कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको जनाएको छ ।

सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपका लागि छनोट खेल जुलाई ३ देखि १९ सम्म हुने तालिका रहेको थियो । छनोटमा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेको सहभागिता रहने तालिका रहेको थियो ।

उक्त छनोटबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् । यस्तै आईसीसीले यू१९ विश्वकपका लागि युरोपियन छनोट समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट डेनमार्कमा हुने तय थियो । छनोट खेल जुलाई २४ देखि ३० सम्म हुने बताईएको थियो । कोरोनाको कारण आईसीसीले यस अघि पुरुषको टेष्ट च्याम्पियनसिप, विश्व क्रिकेट लिगसहित अन्य ठुला प्रतियोगिता स्थगित गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes