आजमात्रै नेपालमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १ सय २१ पुग्यो - Pahilo Online

आजमात्रै नेपालमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १ सय २१ पुग्यो

writer

काठमाण्डौ । सप्तरीमा १८ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वारी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार क्वरेण्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल वीरगञ्ज लैजाने तयारी गरिएको छ । योसँगै नेपालमा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज बिहानमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ५ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का २० र ३४ वर्षीका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ वर्षका र उमेर नखुलेका एक जना गरी १० जनामा कोरोना पुष्टि भएको थियो ।
उनीहरु पनि क्वरेण्टीनमै रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना सङ्क्रमण भएका ३३ जना निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित आज थपिएका ११ जनासहित ८९ जना पुरुष र ३२ जना महिला छन् ।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes