ओबामाद्वारा ट्रम्पको आलोचना - Pahilo Online

ओबामाद्वारा ट्रम्पको आलोचना

writer

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिकोे विरोध गर्दै ओबामाले अहिलेको प्रयास ‘अराजक संकट’ को जस्तो रहेको टिप्पणी गरेका हुन् ।

ओबामाले दिएको अभिव्यक्तिको जवाफमा अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकको ज्यान जोगाएको दाबी गरेको छ । अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म ८० हजार मानिसको मृत्यु भएको छ भने १३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा जोन बाइडनको समर्थन गर्दै आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेको पनि उल्लेख गरेका छन् । पूर्व कर्मचारीहरुलाई बाइडनको राष्ट्रपतीय निर्वाचन टोलीसँग काम गर्न प्रेरित गर्ने क्रममा ओबामाले यस्तो बताएका हुन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको तौरतरिकाप्रति मुलुकभित्र र बाहिर ट्रम्पको आलोचना भइरहेका बेला ओबामाले पनि निशाना साँधेका हुन् । यद्यपि, राष्ट्रपति ट्रम्पले भने अमेरिकामा कोरोना भाइरसको महामारी फैलिनुमा डब्ल्यूएचओ, चीन र विपक्षी डेमोक्रेटिक पार्टी दोषी रहेको आरोप लगाउँदै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes