पानीसँगै आएको भीषण हावाहुरीले सिन्धुलीमा ७१ घरको छाना र ११ वटा टनेल उडायो - Pahilo Online

पानीसँगै आएको भीषण हावाहुरीले सिन्धुलीमा ७१ घरको छाना र ११ वटा टनेल उडायो

writer

सिन्धुली । बिहीवार दिउसो पानीसँगै आएको भीषण हावाहुरीले सिन्धुलीका पाँच स्थानीय तहमा ७१ घर तथा गोठको छाना र ११ वटा टनेल उडाएको छ । घर, गोठ र तरकारी खेतीमा निकै क्षति पुगेको छ। जिल्लाकामा ७१ घरको छाना, गोठको छाना र तरकारी खेतीमा प्रयोग भएको प्लाष्टिक टनेल तथा स्क्रिन हाउस उडाएको स्थानीयले जानकारी दिएका छन् । हावाहुरीले गोलन्जोर गाउँपालिकामा सबैभन्दाबढी क्षति गरेको छ। गोलन्जोर गाउँपालिकामा मात्रै ५२ वटा घरको छानो उडाएको छ। गोलन्जोर गाउँपालिका वडा न.१ मा ४ वटा घर, वडा नं. २ मा २ वटा घर, वडा नं. ३ मा २ वटा घर, वडा नं.४ मा ४४ वटा घर, वडा नं. ५ मा ६ वटा घर, एउटा गोठ , तरकारी खेतीको टनेला ११ वटा र एउटा स्क्रिन हाउस उडाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

कमलामाई नगरपालिका वडा नं.४ मा १ वटा घर, दुधौली नगरपालिका वडा न.५ मा ४ वटा घर, वडा नं. ६ मा १ वटा घर, वडा नं. ७ मा १ वटा घर, वडा नं. ८ मा एउटा घर, वडा नं.९ मा एउटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रन्जु सिग्देलले जानकारी दिईन। मरिण गाउँपालिका वडा नं. ६ मा पनि हावाहुरीले एउटा घरको छाना उडाउनुका साथै घर भत्काएको छ। वडा नं. ६ का जय बहादुर गोलेको घरको छाना उडाउनुका साथै घर भत्काएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए।

हावाहुरीले घरको छाना उडाएर घरमा बस्न नमिल्ने भएपछि गाउँपालिकाले तत्काल बस्नका लागि छाप्प्रो बनाउन तीन बन्डल जस्ता उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बम्जनले बताए। त्यस्तै, हरिहरपुरगढी गाउँपालिका वडा नं. १ मा तीनवटा घरको छाना उडाएको भन्ने खबर आएको गाउँपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिए। हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताएका छन्। जिल्लाका सबै स्थानीय तहमा आएको हावाहुरीले केरा, आँप, लिच्ची, जुनार र सुन्तलालगायका फलफूलमा क्षति गरेको छ। गोलन्जोर गाउँपालिकामा गरिएको जुनारमा पनि क्षति पुगेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes