लकडाउन ११ दिन थप गर्दै जेठ ५ सम्म लम्याउने सरकारको निर्णय - Pahilo Online

लकडाउन ११ दिन थप गर्दै जेठ ५ सम्म लम्याउने सरकारको निर्णय

writer

काठमाण्डौ । सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिने छ ।

मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes