होटल व्यवसायीको निर्णयविरुद्ध आन्दोलन गर्ने - Pahilo Online

होटल व्यवसायीको निर्णयविरुद्ध आन्दोलन गर्ने

writer

काठमाण्डौ । असोजसम्म ठूला होटल बन्द गर्ने र आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत मात्रै दिने होटल व्यवसायीको निर्णय मजदूरले नमान्ने भएका छन् । उनीहरुले श्रम ऐनको दुरुपयोग गर्दै मजदुरलाई जबर्जस्ती जागिरबाट निकाल्ने षडयन्त्र भएको भन्दै संघर्ष गर्ने चेतावनी पनि दिएका छन् । सरकारले श्रमिकको पक्षमा राजपत्रमै व्यवस्था गरेका नियम नमानेर होटल व्यवसायीहरुले कानुन र नियम मिचेकोले उनीरुलाई कानुनी कारबाही गर्न पनि मजदूरले माग गरेका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदूर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले आज विज्ञप्ति निकालेर होटल संघले गरेको निर्णय फिर्ता नलिए आउँदा दिनमा उत्पन्न हुने परिस्थितिको जिम्मा लिन तयार रहन पनि चेतावनी दिएका छन् ।

होटल एसोसिएन अफ नेपाल हानले आइतबार सबै होटल असोजसम्म बन्द गर्ने, श्रमिकमलाई आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत मात्रै पैसा दिने र यो पैसा नलिने मजदूरलाई कामबाट निकाल्ने चेतावनीसहितको निर्णय गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes