उत्तर कोरियाली नेता किम जिवितै रहेको दक्षिण कोरियाको दावी, शल्यक्रियापछि आराम गरिरहेको भनाइ - Pahilo Online

उत्तर कोरियाली नेता किम जिवितै रहेको दक्षिण कोरियाको दावी, शल्यक्रियापछि आराम गरिरहेको भनाइ

writer

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाका नेता किम बिरामी रहेका बेला मृत्यु भएको भन्ने विभिन्न समाचार आइरहेका बेला दक्षिण कोरियाका एक जना उच्च सुरक्षा सल्लाहकारले उनी जिवितै रहेको दावी गरेका हुन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले किम जिवितै रहेको पुष्टि गरेका हुन् । उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी दिएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको उनले बताएका छन् । यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा किम उपस्थित नभएपछि उनी गम्भीर विरामी रहेको र केहीले निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes