कोरोनाको मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने तयारी - Pahilo Online

कोरोनाको मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने तयारी

writer

काठमाण्डौ । बेलायती सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्नका लागि इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने तयारी थालेको बताएको छ । हाल कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर लिग सुरु भएमा मानसिक रुपमा राहत महसुस गर्ने बताए ।

कोरोनाका कारण मार्च १३ ताखिरबाट प्रिमियर लिग स्थगित रहेको छ । यो सिजन सुचारु गर्नका लागि आयोजकले बन्द रंगशालामा लिग गराउने योजना बनाएको छ । तर त्यसका लागि सरकारको अनुमति चाहिने भएकाले प्रिमियर लिगले औपचारिक निर्णय गर्न सकेको छैन ।

बेलायत सरकारले आइतबारमात्र यो विषयमा बैठक गरेर निर्णय गर्ने बताएको छ । प्रिमियर लिगका प्रमुखले बन्द भएपछिको लिगलाई सुरु गर्न जुन आठ तारिखको समय तोकेका छन । जसका लागि उनले तथष्ट मैदानमा गर्ने बताएका छन ।

प्रिमियर लिगले क्लबहरुलाई मुख्य रंगशालाको सट्टा प्रशिक्षण मैदान वा तथष्ट मैदानमा खेलाउन सकिने बताएको छ । खेलाडीलाई लिग सुचारु हुनुभन्दा ६ साता अगाडी देखि होटेलमा राखिनेसक्ने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes