अमेरिका क्रमश खुकुलो हुदै, संक्रमण फैलन सक्नेमा स्वास्थ्य विज्ञको चिन्ता - Pahilo Online

अमेरिका क्रमश खुकुलो हुदै, संक्रमण फैलन सक्नेमा स्वास्थ्य विज्ञको चिन्ता

writer

एजेन्सी । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताइरहेकै बेला केही राज्यले लकडाउन खुकुलो पारेर बजार खोल्न थालेका हुन् ।

साउदी क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले सोमबार लकडाउन केही खुकुलो पार्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बजारहरु खुलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । जर्जियाले पनि लकडाउन खुकुलो पार्दैछ । आउँदो शुक्रबारदेखि जर्जिया राज्यका बासिन्दाले जिममा जान पाउने छन् । कपाल तथा नङ्गका सैलुन, मसाज तथा ट्याटु सेन्टर पनि खुला हुने छन् । आउँदो सोमबारदेखि भने रेस्टुरेन्ट तथा सिनेमा हल पनि सञ्चालन गरिने छ ।

यसैगरी टेनिसीमा पनि अप्रिल ३० देखि लकडाउन सकिने र अधिकांश क्षेत्र खुला हुने जनाइएको छ । तीन राज्यका रिपब्लिकन गर्भनरले लकडाउन खुकुलो पार्दा संक्रमण फैलिएको अभियोग लागेको छ । यसरी केही राज्यले लकडाउन खोल्दै जाँदा अरु राज्यका गभर्नर पनि दबाबमा परेका बताइएको छ । स्वास्थ्य विज्ञहरुले भने अहिले नै लकडाउन खुकुलो बनाउने अवस्था नआएको र यसो गरिएमा संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

दैनिक डेढ लाख मानिसमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको परीक्षण गर्दा लगभग २० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको उनीहरुले जनाएका छन् । लकडाउन खुलाउन दैनिक पाँच लाख ८० हजारभन्दा बढीको परीक्षण हुनु पर्ने र संक्रमणदर १२ प्रतिशतभन्दा तल आउनु पर्ने विज्ञहरुको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes