आउँदो सिजनमा टिममा व्यापक परिवर्तन गर्ने रियल मड्रिडको योजना - Pahilo Online

आउँदो सिजनमा टिममा व्यापक परिवर्तन गर्ने रियल मड्रिडको योजना

writer

काठमाण्डौ । रियल मड्रिडले आउँदो सिजनमा टिममा ब्यापक परिवर्तन गर्ने योजना बनाएको छ । यसअघि खेलाडी अनुबन्धनमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो समरमा खेलाडी बेच्ने अभियान चलाएको छ ।

प्रशिक्षक जिनेदिन जिदान पहिलो एघारलाई ताजगी दिन चाहन्छन् । अहिले पहिलो टिमका २५ वटै स्थान पूर्ति भएको छ । एघार जना खेलाडी लोनमा विभिन्न क्लबबाट खेलिरहेका छन् । जिदानेले यो समरमा बेच्ने चार खेलाडी ग्यारेथ बेल, जेम्स रोड्रिगेज, लुकास भाज्क्वेज र मारियानो डियाज हुन् । त्यसबाहेक अन्य दुई खेलाडीलाई बेचेर आर्थिक सङ्कट टार्ने योजनामा रहेको छ ।

वेल्सका खेलाडी बेल जिनेदिन जिदानको रणनीतिमा कहिले पनि अटाउन सकेका छैनन् । त्यसैले जिदान उचित रकम पाए बेल बेच्न चाहन्छन् । यस्तै जेम्स रोड्रिगेजका लागि आएका प्रस्तावहरुमा पनि रियल मड्रिड विचार गरिरहेको छ । लुकास भाज्क्वेज, मारियानो डियाज, अल्भारो ओड्रिजोला र नाचो फर्नाण्डेजलाई बेचेर रियल मड्रिड पूरै स्क्वाडमा नयाँपन दिन चाहन्छ । कोरोना भाइरस (कोभिड १९) का कारण विश्व फुटबल बजारमा ठूलो सङ्कट आउने निश्चित छ । रियल मड्रिडको स्क्वाडको बजार मूल्य पनि झण्डै १८ प्रतिशतले घट्नेछ ।

यस्तो अवस्थामा रियलले ६ जना खेलाडीलाई बेचेर एक सय २१ मिलियन युरो भित्र्याउन चाहन्छ । रियल मड्रिडको पूरा स्क्वाडको मूल्य एक सय ९१ दशमलव ५ मिलियन युरो छ । यसमा बेल र जेम्स रोड्रिगेजका लागि ३२, ३२ मिलियन, भाज्क्वेज र ओद्रिजोलाका लागि १६र१६ मिलियन, मारियानोका लागि १३ मिलियन र नाचोका लागि १२ मिलियन युरो तोकिएको छ । यी खेलाडीलाई बेचेमा पारिश्रमिक बापतको वार्षिक ७५ मिलियन युरो पनि रियलले बचाउनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes