प्रिमियर लिग सक्न क्लबहरु तयार, सुचारु मिति अन्योलमै - Pahilo Online

प्रिमियर लिग सक्न क्लबहरु तयार, सुचारु मिति अन्योलमै

writer

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलको यस सिजन सक्न क्लबहरु सहमत भएका छन् । भिडियो कलमार्फत शुक्रबार बसेको बैठकमा प्रिमियर लिगका क्लबहरु सिजनको बाँकी खेलहरु सक्न सहमत भएका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । गत मार्च १३ पछि लिगका कुनै पनि खेल भएको छैन । स्थगित लिग सक्न सहमत भएपनि क्लबले लिग सुचारुको मिति भने टुंगो लगाउँन सकेको छैन ।

यस अघि आगामी जुन ३० सम्म लिग सक्ने क्लबले योजना बनाएको थियो । तर, शुक्रबारको बैठकले सरकारको नियम पालना गर्दै सामान्य अवस्थामा नफर्केसम्म लिग सुचारु नगर्ने सहमतिमा पुगेको बताईएको छ । यस्तै क्लबले ट्रान्सफर विन्डो र नयाँ सिजनको बारेमा छलफल नगरेको समत बताएको छ । प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुने गर्छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । कोरोनाको कारण इंग्ल्यान्डमा १४ हजार बधिमो मृत्यु भईसकेको छ । यस्तै १ लाख बढीमा संक्रमण देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes