फ्रेन्च लिग मध्य जुनदेखि सुचारु गर्ने तयारी - Pahilo Online

फ्रेन्च लिग मध्य जुनदेखि सुचारु गर्ने तयारी

writer

एजेन्सी । लिग दि फुटबल प्रोफेसनल –एल,एफ,पी) फ्रेन्च लिग वान आयोजकले यो सिजनको फ्रेन्च लिग वान मध्य जुनदेखि सुरु गरेर जुलाई अन्तिमसम्म सकाउने योजना अघि सारेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण विश्व खेलकुद नै पछिल्लो एक महिना यता ठप्प छ । फ्रेन्च लिग वान १६ मार्चदेखि स्थगित छ । यसबीचका फ्रेन्च लिग वान आयोजकले लिग जुन १७ जुनदेखि शुरु गरेर २५ जुलाईमा सकाउने योजना अघि सारेको छ । जसअनुसार खेल ‘क्लोज डोर’ मा हुनेछ । एक टोलीले ३ दिनको अन्तरमा एक खेल खेल्नुपर्नेछ ।

फ्रेन्च पत्रिका एल इक्वीपेका अनुसार यो अवधिमा रेलिगेसन, प्रमोशनको लागि पर्याप्त समय हुने उल्लेख गरेको छ । यस्तै फ्रेन्च लिग आयोजकले युरोपियन फुटबलको सर्वाेच्च निकाय (यु,इ,एफ,ए) ले अगस्टमा च्याम्पियन्स लिग र युरोपा लिग सुचारु गर्ने तयारी गरिरहँदा फ्रान्सबाट यि दुई लिग खेल्ने क्लबहरुलाई अनुमति दिने छ ।

‘एलएफपीले फ्रान्समा सबै खाले फुटबल शुरु गर्ने योजना अघि सारेको छ । तर, खेल सर्न सक्ने विषयको बारेमा सोचेको छैन । २७ जुनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीच कोपा डि फ्रेन्च कपको फाइनल क्लोज डोरमा खेलाउने तयारी गरेको छ । त्यसपछि पीएसजीले ११ जुलाईमा कोपा दि लिग फाइनलमा सेन्ट इटिनेसँग खेल्ने तयारी छ । फ्रान्समा फुटबल सुरु नभएको अवस्थामा फुटबलमा लगानी गरेका ठुला स्टेक होल्डरहरुले भुक्तानी रोक्न सक्ने समेत उल्लेख छ,’ एलएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फ्रेन्च लिग वानको २८औं चरणको खेल जारी रहँदा खेल स्थगित भएको थियो । पीएसजी २७ खेलबाट ६८ अंक जोडेर फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको छ । २८ खेलबाट ५६ अंक जोडेको मार्सेली दोस्रो स्थानमा रहेको छ । लिग वानमा ८ चरणको खेल बाँकी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes