विश्व स्वास्थ्य संगठनलाई सहयोग नरोक्न राष्ट्रसंघको अपील - Pahilo Online

विश्व स्वास्थ्य संगठनलाई सहयोग नरोक्न राष्ट्रसंघको अपील

writer

एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय डब्लुएचओलाई दिइँदै आएको आर्थिक सहायता कम नगर्न अपील गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले एक विज्ञप्ति निकाली यो सहयोग रोक्ने समय नरहेको पनि प्रष्ट गरेका छन् ।

महासचिवको वक्तव्यमा भनिएको छ, ‘यो समय सहयोग रोक्ने वा कम गर्ने होइन । यो बेला त एकताको खाँचो छ । एकीकृत प्रयासको आवश्यकता छ ।’ त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका थिए ।

महासचिव गुट्रेसले कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको युद्धका लागि विश्वव्यापी प्रयासको खाँचो रहेको भन्दै कोभिड–१९ को संक्रमण अन्त्यका लागि विश्वभरका सरकार तथा निकायहरुको सहकार्यको आवश्यकता रहेको उल्लेख पनि गरे । मानव जातिले खेपिरहेको खतरनाक चुनौतिका बेला विवाद गर्नुको अर्थ नहुने उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes