मे र जुन महिनाको सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने एएफसीका निर्णय - Pahilo Online

मे र जुन महिनाको सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने एएफसीका निर्णय

writer

एजेन्सी । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आगामी मे र जुन महिनामा तय भएको सम्पूर्ण अन्तर्रा्ष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको छ । मलेसियाको क्वालालम्पुरमा मंगलबार बसेको एएफसीको बैठकले कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै मे र जुन महिनाको सम्पूर्ण फुटबल स्थगित गर्ने निर्णय गरेको हो ।

एएफसीले अर्को सूचना जारी नभएसम्मका लागि तय भएको खेल र प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । एएफसीले यस अघि मार्च र अप्रिलमा तय भएको अन्तर्रा्ष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको थियो । कोरोनाले विश्वभर १ लाख बढी मानिसको मृत्यु भईसकेको छ । कोरोनाकै कारण यस वर्ष आयोजना हुने युरोकप र ओलम्पिक खेलकुद एक वर्ष स्थगित गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes