कोरोना भाईरसको कारण स्थगित सिरी ’ए’ फुटबल पुरा गर्नु पर्ने अध्यक्ष ग्राभिनाको भनाई - Pahilo Online

कोरोना भाईरसको कारण स्थगित सिरी ’ए’ फुटबल पुरा गर्नु पर्ने अध्यक्ष ग्राभिनाको भनाई

writer

एजेन्सी । इटालियन फुटबल फेडेरेसनका अध्यक्ष गाब्रिले ग्राभिनाले कोरोना भाईरसको कारण स्थगित सिरी ’ए’ फुटबल पुरा गर्नु पर्ने बताएका छन् । अध्यक्ष ग्राभिनाले सिजन नसके इटालीको फुटबलमा नकारात्मक असर पर्ने भन्दै सिजन पुरा गर्नु पर्ने बताएका हुन् । तर, उनले पूर्ण रुपमा कोरोनाको संक्रमण निर्मुल नभएसम्म लिग सुचारु नहुने बताए । ’म दोहोर्याउछु कि खेलाडी र क्लबका काम गर्नेहरुको स्वास्थ्यको ग्यारेण्टी भएपछि हामी पुनस् सुचारु गर्ने छौँ,’ उनले भनेका छन्, ’आशा छ हामीले सकेसम्म चाडै सुचारु गर्नु पर्छ । तर, हामीले सिजन पुरा गर्नुपर्छ । यदी हामीले असफल भयौं भने नकारात्मक प्रभाव पर्छ ।’

कोरोनाको कारण इटालियन फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ । कोरोनाको महामारी कायम रहेपछि लिग सुचारु थप अन्योल भएको छ । यस्तै अध्यक्ष ग्राभिनाले यस महिनाको १५ गते टेक्निकल र वैज्ञानिक निकायहरूसँग छलफल गर्ने बताए । कोरोनाले लिग स्थगित हुनु अघि युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । युभेन्ट्सले लाजियोमाथि १ अंकको अग्रता बनाएको छ । कोरोनाको कारण विश्वभर १ लाख बढी मानिसको मृत्यु भईसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes