कोरोना भाईरसको महामारीको कारण एसिया कप अन्योलमा - Pahilo Online

कोरोना भाईरसको महामारीको कारण एसिया कप अन्योलमा

writer

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण यसै वर्ष हुने एसिया कप अन्योलमा परेको छ । पछिल्लो समय कोरोनाको कारण सबै खेलकुद प्रतियोगिता स्थगित हुँदै आएको छ । त्यसैको मारमा एसिया कप समेत पर्ने देखिएको छ ।

यद्दपी, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष ईशन मणीले यसबारे निर्णय नभएको बताएका छन् । ’एसिया कपबारे अहिले भन्न सकिने अवस्था छैन । यसको निर्णय समेत भएको छैन । अहिलेको अवस्थामा पुरै विश्व तनाबमा छ,’ अध्यक्ष मणीले भने, ’सेप्टेम्बरमा थाहा छैन के हुनेछ । मलाई गलत नसम्झनुस, यसमा धेरै कुराको प्रभाव पर्नेछ । केही महिनामा सबै निर्णय हुने छ ।’

यस वर्ष एसिया कप पाकिस्तानमा आयोजना हुने तालिका छ । तर, भारत र पाकिस्तानको सम्बन्धको कारण यूएईमा सर्न सक्ने बलियो सम्भावना रहेको छ । यसबारे समेत ईशानले केही महिनामा छलफल हुने र ठोस निर्णय लिने बताए । यस पटकको एसिया कप टी(ट्वान्टी फर्म्याटमा हुनेछ । प्रतियोगिता सेप्टेम्बरमा हुने तालिका रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes