वडा नं. ४ मा भोली राहत वितरण गरिने - Pahilo Online

वडा नं. ४ मा भोली राहत वितरण गरिने

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ मा भोली देखि राहत वितरण गरिने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा आज (आइतबार) बसेको वडा समिति र वडास्तरीय राहत व्यवस्थापन तथा वितरण समितिको बैठकले बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका अति विपन्न दैनिक ज्यालामजदुरी गर्नेका लागि भोलीबाट खाद्यान्न राहत वितरणको तयारी गरेको हो ।

प्रत्येक टोलबाट दैनिक ज्यालादारी गर्ने मजदुरको संख्या आइसकेको र नगरपालिकाबाट पनि चामल सहितका खाद्यान्नको व्यवस्थापन भइरहेको वडास्तरीय राहत व्यवस्थापन तथा वितरण समिति संयोजक वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

वडाध्यक्ष भण्डारीका अनुसार वडाका चार स्थानबाट राहत वितरण गरिने छ । भागिरथ मावि, जनकल्याण आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय र कुशलचोकबाट राहत वितरण गर्नका लागि केन्द्र तोकिएको छ । सबै वितरण केन्द्रहरुमा पायक पर्ने वडा सदस्यहरुले राहत वितरण समितिका सदस्य, सल्लाहकार र स्वयंसेवकको सहयोगमा राहत वितरण गर्ने निर्णय भएको वडा सचिव ललिता लावतीले जानकारी दिइन् । जसमा भागिरथ माविमा वडा सदस्य अम्बरबहादुर बराईलीको नेतृत्वमा, जनकल्याण आ.वि.मा तुलसादेवी दर्जीको नेतृत्वमा, सरस्वती आविमा दिलु मगर र कुशल चोक वितरण केन्द्रमा खड्ग सुस्लिङको नेतृत्वमा राहत वितरण गरिने छ ।

विहान ११ बजेदखि पूर्ण सावधानीका साथ भीडभाड नगरी सामाजिक दुरी कायम गरेर वितरण गरिने जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes