कोरोनाको नाममा नगरको १० लाख ब्यक्तिको जेपमा - Pahilo Online

कोरोनाको नाममा नगरको १० लाख ब्यक्तिको जेपमा

कर्मचारी अघिअघि नगर प्रमुख पछिपछि

writer

पहिलो अनलाइन

सुनसान पथरी नगर अस्पताल ।
मोरङ । कोराना भाईरस आम मानवको लागि विश्व आंतक बनिहरेको बेला केहिले भने यहि प्रतिकुल समयलाई उतम अवसरको रुपमा प्रयोग गर्न खोजिरहेको राष्ट्रिय रुपमा नै चर्चाको बिषय बनिरहेको छ ।
कोरोना भाईसर नियन्त्रणको लागि चीनबाट स्वास्थ्य सामाग्री खरिदलाई अवसरको रुपमा लिन खोज्दा स्वास्थ मन्त्री भानुभक्त ढकालकै पद धरामपा परेको विदितै छ ।
लकडाउन भएको १०-११ दिन भयो । मानिस संभावित कोरोना महामारीबाट वच्न प्राय आ-आफ्नै घरभित्र छन । यो बेला स्थानीय सरकार र स्वास्थ्य निकाय सक्रिय हुनैपर्छ । भइरहेका छ्न ।
कोरोनाबाट विरामी बचाउन स्वास्थ्य कर्मीलाई सबैभन्दा पहिला सुरक्षित गर्नु पर्ने हुन्छ । स्वास्थ्य कर्मी र आम जनतालाई कोरोनाबाट बचाउन पथरी शनिश्चरे नगरपालिकाले के के गर्दैछन त ? खर्च कसरी गरिरहेका छन ? बुझ्ने प्रयास गरियो ।
कोरोना विरुद्द लडन पथरी अस्पतालमा १० वटा आइसोलेशन बेड तयार पारिएको छ । त्यो बेडहरु नयाँ खरिद भएको हो । बेडसँगै बेड कभर २०, तन्ना २०, कमल र सिरानी १०-१० थान खरिद भएको छ ।
यसबाहेक स्थानीय स्तरमा उत्पादन भएको ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीई, रेनकोट जस्तो) नर्मल बुटसहित १५ सेट खरिद भएको छ । स्वास्थ्य प्रमुख मुरारी आचार्यकै सल्लाहमा नगर अस्पतालमा करिव ८ हजारको स्पिड, सर्जिकल क्याप लगायतको सामाग्री खरिद भएको स्वास्थ्य कर्मी यम खडकाले जानकरी दिए ।
पथरी अस्पतालमा डा. सावन मेहता र डा. साकारबाबू घर्ती कार्यारत छ । अस्पताल पुग्दा डा. मेहेतासँग भेट भयो र सोधियो यो संकटको बेला खट्ने कर्मचारीलाई नगरले केही ब्यवस्था गरेको छ ? डाक्टरको उत्तर थियो पछि खटाई हेरेर मूल्याङ्कन गर्ने भन्नू भएको छ ।
पत्रकारहरुको टिम बिहिबार अपरान्ह करिव ३ बजे पथरी शनुश्चरे नगरको ९ नम्बर वडाको स्वास्थ्य चौकी पुगियो । त्यहा गेट भित्रैबाट ताला लगाइएको थियो । पत्रकारहरुको प्रस्नमा त्यहाँको प्रमुख प्रकाश कार्कीले पीपीई लगायतके केही नआएकोले कर्मचारीहरु असुरक्षित रहेको बताए ।
दैनिक ११ को हाराहारीमा ज्वोरो नाप्ने मात्र काम हुँदै आएको उनले बताए । स्वास्थ्य चौकिको गेटमा साबुन पानी र सेनिटाइजर थिएन । कहिबाट उपलब्ध नभएरै नराखिएको स्वास्थ्य कर्मिहरुको भनाई थियो ।
पथरी शनिश्चरे नगरमा ६ वटा स्वास्थ्य निकायहरुमा २० जना सरकारी र करार गरि ४० जना स्वास्थ्य कर्मिहरु छन । स्वास्थ्यकर्मीको लागि पीपीई त होइन धेरै सार्वजनिक स्थानमा सेवाग्राहीको लागि सेनिटाइजर, साबुन पानी समेत राखिएको देखिएन ।
पथरी नगर अस्पतालमा आइशोलेसनको लागि बनाइएको १० वटा बेड, स्थानीय पीपीई, किटनासक औषधि लगायतको सामाग्री खरिद भएका छन ।
यी सामानहरु कुन श्रोतबाट खरिद हुँदैछ्न भनेर प्रस्न गर्दा आज (२१ चैत्र) बिहान ९ बजेसम्म नगरकी उपप्रमुख यमुना बिष्ट, प्रवक्ता समेत रहेका २ नम्नर वडा अध्यक्ष यमनाथ गुरागाई, नगर कार्यपालिकाको विपद ब्यबस्थापन समितिको संयोजक समेत रहेका ९ नम्बर वडा अध्यक्ष भानुभक्त राई, ४ नम्नरको गोबिन्द भन्डारी, १० को सागर राईले जानकारी नदिएको बताए । ६ नम्नर वडा अध्यक्ष जयबहादुर तामाङको पनि उत्तर यस्तै थियो ।
नगरको प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासँग फोन कुराकानी भयो । धमाला लकडाउनमा बिराटनगर घरमा रहेछन । उनले कोरोनाको लागि १० लाख निकासा गरेर आफू विराटनगर गएको नजाकारी दिए ।
त्यसपछि नगरको स्वास्थ्य निरिक्षक मुरारी आचार्यसँग करिव आघा घण्टा कुरा भयो । सोधियो १० लाख कस्को हातबाट अनि खरिद प्रकृया कसरी हुदैछ । आचार्यले १० लाख आफूसंगै भएको र आवस्यकता अनुसार सामान खरिद हुँदै गएको जानकारी दिए ।
१) खरिद प्रक्रिया अपनाइएन
 जे जति रकमको खरिद होस ऎन कानुन पालना हर्नुपर्ने हुन्छ । तर सार्वजनिक खरिद ऎन पालना भएको छैन । नगरपालिकाको अघिकांश जनप्रतिनिधिहरुलाई समेत जानकारी नदिइ स्वास्थ्य निरिक्षकको इच्छा र उनले चाहेको ब्यापारीबाट स्वास्थ्य सामाग्री खरिद गरेको पाइयो ।
नगरबाट निकासा भएको १० लाख आफूसँगै भएको बताएका स्वास्थ्य निरिक्षक आचार्यलाई सोधियो के कसरी सामान खरिद हुँदैछ ? हालसम्म कति रकम खर्च भयो ? उनले भने “अहिलेसम्म यति भयो भन्ने छैन, बिलहरु म सँगै छ ।”
आइसोलेशनको लागि खरिद भएको प्रतिबेड हाल ५० हजार(नर्मल मुल्य १८-२० हजार), स्थानीय पीपीई ३५ सय र नगरमा स्प्रे हुँदै आएको ब्लिचिङ पाउडर ३ हजारसम्म पर्ने विवरण सुनाए । स्वास्थ्य निरीक्षक मुरारी आचार्यले सस्तो र महंगो बजार मूल्य सुनाउदै आफूले सस्तोमा खरिद गरेको बताए । यी सबै खरिद बारे अधिकांश जनप्रतिनिधिलाई भने औपचारिक जानकारी छैन ।
यसबाहेक वाडा अध्यक्षहरुलाई प्रती वडा १२० रुपैया पर्ने १५ देखि २० वटासम्म सेनिटाइजर र केही माक्सहरु वितरण भएका छन । नगरमा ९५ वटा फ्लेक्स पृन्ट, तीन वटा एफएम रेडियोमा सूचना प्रशारण र वडा तथा स्वास्थ्य निकाएमा साबुन पानी राखेको आचार्यले बताए ।  आज (चैत्र २१) गते बिहानसम्म खरिदको लागि रकम निकासा भएको बारेसम्म अधिकांश कार्यपालिका सदस्यहरूलाई जानकारी दिइएको थिएन ।
नगरबाट निकासा भएको १० लाख रकम स्वास्थ्य प्रमुख मुरारी आचार्यले आफ्नो साथमा भएको बताइरहदा नगर प्रमुख दिलिपकुमार राईले भने त्यो रकम लेखासँग भएको फर्जी जानकारी दिए ।
२) प्रक्रिया पछि पुर्‍याउने अधिकारीहरुको भनाई
नगरपालिकामा प्रक्रिया नपुगेकै बहानामा सेवाग्रहिले पटक पटक दु:ख पाउने गर्छन । तर, कोरोना संकटको नाममा १० लाख रकम निकालेर ब्यक्तिगत सपिङ झै खरिद भइरहेको छ ।
यो बिषयमा प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले अहिले खरिद गरेर पछि प्रकृया पुर्‍याउने सहजै बताए । नगरप्रमुख दिलिपकुमार राईको पनि भनाइ उस्तै छ । सरकारी प्रक्रिया अनुसार टेण्डर वा कोटेशन मागको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, तीन भन्दा बढिको निबेदन आएपछि कम मूल्यलाई सदर गरेर खरिद प्रक्रिया गर्नुपर्ने हुन्छ ।
संकटले खरिद प्रक्रिया पूरा गर्न नसकेपनि कार्यपालिकामा रकम निकासा र खर्चको बारे आजसम्म जानकारी नभएको बुझिन्छ । स्वास्थ्य निरीक्षक आचार्यलाई सोधियो खरिद गर्दा कुन समितिमा निर्णय गराउनु हुन्छ ? को को को संग सल्लाह हुन्छ ? उनले भने नगरप्रमुख दिलिपकुमार राईसँग समन्वय गर्छु ।
३) कर्मचारीको पछिपछी नगर प्रमुख 
 कोरोनाको नाममा नगरबाट निकालेको १० लाख रकम स्वास्थ्य कर्मचारी मुरारी आचार्यको साथमा छ । पीपीई खरिद गर्न आचार्यसँगै नगरप्रमुख दिलिपकुमार राई बिरगंज गएका थिए ।
आठ हजार प्रती गोटा पीपीई किन्ने उदेश्यले गएका थिए । दिन्छु भन्ने ब्यापारीले तत्काल।भन्सार कटाउन नसकेपछि एक प्रती सेम्पल लिएर फर्के । यी सम्पूर्ण सामान खरिद गर्न नगरप्रमुख राई आचार्यको पछिअछि रहेको बुझिन्छ ।
रकम निस्केको बारे यो रिपोर्टिङ गरिन्जल प्रशासकीय अधिकृत, नगरप्रमुख, स्वास्थ्य कर्मी आचार्य र लेखाको कर्मचारीलाई मात्र जानकारी भएको बुझिन्छ । बैकहरु खुल्लै छ । प्रशासकीय अधिकृत, लेखा र नगरको मुख्य मुख्य प्रतिनिधिलाई नगर भित्र हिडन लकडाउन्ले छेकिहाल्दैन । १० लाख रकम निकालेर मुरारी आचार्यलाई बोक्न दिनु पर्ने बाध्यता देखिन्दैन ।
४) विपद ब्यवस्थापन समिति पुन गठन हुने
कोरोना भाइरसको कारण उत्पन्न संकट सामाधानको लागि चैत्र १७ गते कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समिति गठन भएको थियो ।
वडा अध्यक्षहरुको समेत उपस्थितिमा भएको बैठकमा नगर प्रमुख दिलीपकुमार राईले सिधै समितिको नाम प्रस्ताव गरेका थिए ।
प्रमुखको प्रस्तावमा आफ्नै संयोजकत्वमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेल प्रस्ताव गरेका थिए ।
छ मध्ये तीन जना सरकारी कर्मचारी, एक जना निजी क्षेत्र र दुई जना (प्रमुख, उपप्रमुख) रहेका छन । समिती गठनहुँदा वडा अध्यक्षहरु ४ को गोबिन्द भण्डारी,  ६ को जयबहादुर तामाङ,
७ को कपिलमणि ढकाल, १० को सागर राई लगयतले समितिमा केही वडा अध्यक्षहरु पनि राखिनु पर्ने आवाज उठाएका थिए ।
सानो बनाउने नाममा केही ब्यक्तिलाई निर्णय गर्न सहज बनाउने उदेश्यले समितिको डिजाइन भएको आलोचकहरुको भनाई छ ।
नेपाली कांग्रेसको ३;नब्बर क्षेत्रीय सभापती गणेश खड्काले कोरोनाको बिपतिको बेला नगरपालिका एकलौटी हिड्न खोजेको प्रतिक्रिया दिए ।
समितीमा प्रशासकीय अधिकृतको सट्टा तल्लो तहको कर्मचारी र नगर अस्पतालमा दुई जना मेडिकल डाक्टरहरु हुँदाहुदै तल्लो तहको मुरारी आचार्य राख्नु कुनै तर्क संगत नभएको सभापती खड्काले प्रष्ट बताए । आचार्य उनै १० लाख रकम बोक्ने ब्यक्ती हुन ।
संकटको बेला सर्बदलीय मात्र होइन सर्बपक्षीय बनाउने बरु बैठक २ पटक बस्न सकिने खडकाको भनाई छ । बेलबारी, सुन्दर हरैचा, उर्लाबारी नगरमा सर्बपक्षिय समिती गठन भएको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पथरी शनिश्चरे नगर समितिको संयोजक मोहन तुम्बापो लिम्बूले पनि विपद ब्यबस्थापन समिती गठन हुँदा नगर प्रमुखले समन्वय नगरेको बताए । नगर प्रमुख दिलिपकुमार राई नेकपाबाटै चुनाव जितेका हुन ।
आफ्नै कार्यपालिकाको सदस्य लगायत कोहिसँग समन्वय नगरी नगर प्रमुखले समिती फर्मेशन गरेपछि समितिको भित्रभित्रै आलोचना भइरहेको थियो ।
मोरङ जिल्ला समन्वय समितीको प्रमुख नरेश पोखरेल भिजिटमा आउदा विपद ब्यबस्थापन समिती सर्वदलीय सन्यन्त्र बनाउन निर्देशन दिएपछि उक्त समितिमा नेकपा र नेपाली कांग्रेसको प्रतिनिधि थपिने भएको छ ।
यद्यपि समितिमा समाजवादी पार्टी नेपाल र केही पेशागत प्रतिनिधिहरु पनि ल्याएर  सर्बपक्षीय हुनुपर्ने कांग्रेस सभापती गनेश खडकाको भनाई छ ।
प्रदेश १ सरकारले भने लिम्नुवान लगायतको क्षेत्रीय पार्टीहरु र पत्रकारको प्रतिनिधि समेत राखेर बिपद ब्यबस्थापनको लागि सहयोग लिइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes