भारतको फुटबल फेडेरेसनद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग - Pahilo Online

भारतको फुटबल फेडेरेसनद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

writer

एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतको फुटबल फेडेरेसनले २५ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेको छ । फेडेरेसनले बुधबार प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गरेको जनाएको छ । कोरोनाको कारण देश संकटमा रहेको बेला एक अर्कालाई सहयोग गर्ने उदेश्यले सरकारको कोषमा सहयोग गरिएको फेडेरेसनले जनाएको छ ।

कोरोनाकै कारण भारतमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ । यस अघि कोरोनाविरुद्ध लड्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सरकारलाई ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेको थियो । चीनबाट फैलिएको कोरोनाको कारण भारतमा ३० भन्दा बढीको मृत्यु भईसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes