बार्सिलोनाका खेलाडी तलब कटौती गर्न सहमत - Pahilo Online

बार्सिलोनाका खेलाडी तलब कटौती गर्न सहमत

writer

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो तलब कटौती गर्न सहमत भएका छन् । कोरोना भाईरसको महामारीले आर्थिक संकटबाट गुज्रिएको क्लबलाई सहयोग गर्न बर्सिलोका खेलाडी ७० प्रतिशत तलब कटौतीका लागि सहमत भएका हुन् ।

कटौती भएको तलबले क्लबका अन्य कर्माचारीलाई सहयोग गरिने छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्ने उपायको खोजी गर्दा यस कदममा ढिला भएको बताए । बार्सिलोनाका डिरेक्टर,बोर्ड सदस्य तथा बास्केटबल खेलाडी समेत तलब कटौतीका लागि सहमत भएका छन् । यस अघि इटालीको युभेन्ट्स, जर्मनीका वायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes