फिफा बरियतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान तल - Pahilo Online

फिफा बरियतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान तल

writer

काठमाडौं । फिफा बरियतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झर्दै ९९ औ स्थानमा पुगेको हो ।

यसअघि नेपाल ९७ स्थानमा रहेको थियो । नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा विजेता बनेको भारत ५५ औ स्थानमा रहेको छ । दुई स्थान सुधार गर्दै भारतले दक्षिण एसियाली वरियतामा पहिलो नम्बरमा यथावत रहन सफल भएको हो । यस्तै, बंगलादेश १ सय ३४ औं स्थान, श्रीलंका १ सय ४० औं स्थान, माल्दिभ्स १ सय ४२ औं र भुटान १ सय ५४ औं स्थानमा छन् । पाकिस्तान भने वरियता विहिन छ ।

विश्व वरियतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो ,नेदरल्याण्ड चौथो, स्विडेन पाँचौं, इग्ल्याण्ड छैठौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानडा नवौं र दक्षिण कोरिया १० औं स्थानमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes