कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग - Pahilo Online

कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग

writer

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो सहयोग रकमको घोषणा गरेका हन् । उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् । सरकारले कोरोना भाईरसबिरुद्व लड्न सरकारी राहत कोष बनाएको छ । एकद्वार प्रणाली अन्तर्गत राहत रकम संकलन गर्न सरकारले राहत कोष निर्माण गरेको हो ।

कोरोनाको संक्रमणबाट युरोप लगायतका देश आक्रान्त छन् । यस समय युरोपेली क्लब फुटबलका स्टार खेलाडी लगायतले आफ्नो देशलाई सक्दो आर्थिक सहयोग गरेका छन् । ग्लोबल आईकनको रुपमा चिनिएका सन्दीपले सरकारी राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । एक जना सफल उपचार गराएर घर फर्किएका छन् । दुई जनाको उपचार भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes