टी–ट्वान्टी वरीयतामा नेपाल १५ औं स्थानमा यथावत - Pahilo Online

टी–ट्वान्टी वरीयतामा नेपाल १५ औं स्थानमा यथावत

writer

काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी(ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।
यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । टीट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो । नेपालको टी(ट्वान्टीमा ११ औं स्थान सर्वा्धिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes