एजेन्सी । युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अर्जे्न्टिनाका फरवार्ड डिबालासँगै उनको गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई पनि कोरोनाको संक्रमण देखिएको हो ।
डिबालाले सामाजिक संजाल इन्स्टाग्रामबाट आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका हुन् । तर, डिबालाले आफुहरुको स्वास्थ्य ठिक रहेको समेत बताएका छन् । डिबाला कोरोनाबाट संक्रमित हुने युभेन्ट्सका तेस्रो खेलाडी हुन् ।
यस अघि डानिली रुगानी र ब्लेइस माटुइडीलाई कोरोना देखिएको थियो । त्यस्तै इटालीका पूर्व कप्तान तथा इटालियन क्लब एसी मिलानका टेक्निकल डिरेक्टर पाओलो माल्दिनी र उनका छोरा डानिललाई समेत कोरोनाको संक्रमण देखिएको छ ।