एक हप्तासम्म खेलकुद गतिविधि बन्द गर्न राखेपको निर्देशन - Pahilo Online

एक हप्तासम्म खेलकुद गतिविधि बन्द गर्न राखेपको निर्देशन

writer

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बच्न राखेपले एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको हो ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।
कोरोना भाईरस अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको र विश्वका ठुला राष्ट्रले समेत विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।

यस्तै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ । यस अघि पनि राखेपले एक सूचना निकाल्दै सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । त्यस समय चलिरहेको प्रतियोगिताको हकमा भने बाध्यकारी रहेको थियो ।

तर, मंगलबार भने चलिरहेको प्रतियोगिता समेत रोक्न राखेपले निर्देशन दिएको छ । राखेपको यस निर्देशनसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको
‘बी’ डिभिजन लिग रोकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles