धुर्मुस सुन्तलीको सेन्टिभाइरस चलचित्रलाई कोरोना प्रभाव - Pahilo Online

धुर्मुस सुन्तलीको सेन्टिभाइरस चलचित्रलाई कोरोना प्रभाव

writer

अभिनय कर्मलाई थाँती राखेर विकासे अभियन्ताका रूपमा सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले पछिल्लो समय बनाएको चलचित्र ‘सेन्टिभाइरस’ लाई कोरोना भाइरसले प्रभाव पारेको छ। यद्यपि सेन्टि भाइरसको आम्दानीको ५० प्रतिशत रङ्गशालामा लगाउने घोषणा धुर्मुस–सुन्तलीले गरेका छन्। पछिल्लो विकासे प्रोजेक्टको रूपमा चितवनको रामपुरमा ‘अन्तर्रा्ष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला’ बनाउँदै गरेका धुर्मुस–सुन्तलीको ‘सेन्टिभाइरस’ ले आशातित सफलता पाउन सकेन।

हास्य कलाकार धुर्मुस भन्छन्, “दर्शकको साथ भए पनि कोरोनाको महामारीले चलचित्रलाई नराम्रो असर पा¥यो।” उनले चलचित्र प्रदर्शनीको दोस्रो हप्तासम्म राम्रो आम्दानी भए पनि त्यसपछि कोरोनाको प्रभाव देखिएको बताए। चलचित्रले दुई हप्तामा चार करोड रुपियाँ कुल आम्दानी गरेको दाबी उनको छ। पारिवारिक तथा राजनीतिक विषयवस्तु समेटेर बताइएको चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायत कलाकारको अभिनय रहेको छ। कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी, शङ्कर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको सङ्गीत छ।

सेन्टिभाइरस फागुनको ९ गतेबाट प्रदर्शनमा आएको थियो। कृषि र पशुपालनमा समेत एक समय सहभागी बनेका धुर्मुस–सुन्तली २०७२ सालको भूकम्पपछि सामाजिक अभियानमा सक्रिय बनेका हुन्। काभ्रे र सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि घर बनाएका सीताराम–कुञ्जनाले धुर्मुस–सुन्तली फाउन्डेसन नै स्थापना गरेर तराईका मुसहर जातिका लागि घर बनाइदिएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes