हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन - Pahilo Online

हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

writer

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, दुबैलाई पछि पार्दै हिमेश पहिलो कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

देश तथा विदेशमा रहेका नेपालीले गरेको भोटका आधारमा नै हिमेश पहिलो कमेडी च्याम्पिनय चुनिएका हुन् । विजेता भएसँगै हिमेशले २५ लाख र एउटा गाडी उपहार पाएका छन् । टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् । विशाल भण्डारीको निर्देशनमा तयार भएको यस रियालिटी शोमा विशाल, केकी अधिकारी र रीमा विश्वकर्मा लगायतको लगानी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes