१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई, पुलिस ट्राइब्रेकरमा पराजित - Pahilo Online

१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई, पुलिस ट्राइब्रेकरमा पराजित

writer

पोखरा । १८ औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो ।

निर्धा्रित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४–३ ले जित्दा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरे।

पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध वल तामाङले मात्रै गोल गर्न सके। विजेता मनाङले १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes