पोखरा । पोखरामा जारी १८औं संस्करणको आहा रारा गोल्डकपमा विभागीय क्लब नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा साविकको विजेता थ्री स्टार क्लबलाई ३–० गोलले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो ।
पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जिताउ नीरकुमार राईले दुई गोल गरे भने भरत शाहले एक गोल गरे । अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।