संकटालाई हराउँदै आर्मी अन्तिम चारमा - Pahilo Online

संकटालाई हराउँदै आर्मी अन्तिम चारमा

writer

पोखरा । साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्यो । खेलको ७० औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा विवेकले गोल गर्दै आर्मीलाई ३–० को सहज जित दिलाए ।

खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग चुनिए । यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ । थ्री स्टार र पुलिसबीचको खेल बुधबार हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes