पथरी शनिश्चरे । पारिवारिक नीजि वन समिति मोरङको छैटौं स्थापना दिवशका अवसरमा पथरीशनिश्चरेमा कार्यक्रम सम्पन्न भएको छ । समितिका प्रदेश नम्वर १ का अध्यक्ष गोपाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वधाई तथा शुभकामना आदान प्रदान गरिएको छ ।
साथै, जिल्ला सचिव नवीन पौडेल प्रदेशतर्फको सचिव बनेकाले उनको रिक्त रहेको पदमा जिल्ला सदस्य यमाकान्त कोइरालालाई मनोनयन गरिएको छ ।