भारतलाई हराउँदै अष्ट्रेलिया महिला टीट्वान्टी विश्वकप च्याम्पियन - Pahilo Online

भारतलाई हराउँदै अष्ट्रेलिया महिला टीट्वान्टी विश्वकप च्याम्पियन

writer

एजेन्सी । सातौं संस्करणको महिला टी(ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

मेलबर्न्स्थित एमसीजीमा अष्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अलआउट भयो । भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वा्धिक इनिङ्स खेलिन् ।यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन् ।

यसअघि अष्ट्रेलियाले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वा्धिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ५४ बल खेलेकी मोनीलले १० चौका प्रहार गरिन् ।
यस्तै एल्स्या हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन् । उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् । कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन् । भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान १र१ विकेट लिए ।

यससंगै अष्ट्रेलियाले महिला टी–ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ । महिला टी–ट्वान्टी विश्वकपमा सर्वा्धिक उपाधि जित्ने राष्ट्र अष्ट्रेलिया हो । अष्ट्रेलिया बाहेक इंग्ल्याण्ड र वेष्ट इण्डिज १र१ पटक विश्व विजेता बनेका छन् । अष्ट्रेलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप जितेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes