थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम ११ खप्तड गोल्डकप च्याम्पियन - Pahilo Online

थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम ११ खप्तड गोल्डकप च्याम्पियन

writer

काठमाडौं । आयोजक सुदुरपश्चिम ११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ’ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे । फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले जाली चुमाएका थिए । प्रतियोगिताको यो उनको पाँचौं गोल समेत हो । त्यसअघि खेलको २० औं मिनेटमा बिक्रमकै प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले गोल लाइनबाट क्लियर गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए । सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम ११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ । उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझायो । सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes