हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार क्लव खप्तड गोल्डकपको फाइनलमा - Pahilo Online

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार क्लव खप्तड गोल्डकपको फाइनलमा

writer

धनगढी । थ्री स्टार क्लव सर्वा्धिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कैलाली हसनपुरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे । उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । अशोक खवासको कर्नरमा डिबक्स भित्र रहेका आशिषले सहजै गोल गरेका थिए । जुन गोल थ्री स्टारको लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ चुनिए । फाइनल प्रवेश गरेपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले पाएको अवसरमा गोल गर्न सफल भएको बताए ।

‘नकआउट प्रतियोगितामा दबाबको खेल हुन्छ । सेमिफाइनलमा त्यहिँ भयो । जसरि पनि जित्नु पर्ने थियो,’ उनले भने, ’शेर्पाले हाम्रो भन्दा राम्रो खेल्यो । अवसर भने बनाउन सकेन । हामीले दुई मात्रै अवसर बनायौं । त्यसमा एक गोल निस्कियो ।’ उनले सेमिफाइनलमा भएको गल्ति फाइनलमा सुधार्ने बताए । यस्तै शेर्पाका व्यवस्थापक शुशील तामाङले गोल ननिस्कदा हार्नु परेको बताए ।

’राम्रो खेल खेल्दा खेल्दै गोल निस्केन । मौका पाएको हो । भाग्य पनि रहेनछ । खेलाडीले सोचेजस्तो खेले,’ उनले भने । अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम ११ को सामना गर्नेछ । शनिबार भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes