अमेरिकामाथि नेपालको कीर्तिमानी जित - Pahilo Online

अमेरिकामाथि नेपालको कीर्तिमानी जित

 सन्दीपको करियरकै अहिलेसम्मको उत्कृष्ट प्रदर्शन

writer

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित ग¥यो । अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा ग¥यो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल शून्य रनमै पेभेलियन फर्किएका थिए । तर पारस खड्काले अविजित २० रन र दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदै नेपाललाई सानदार जित दिलाए । योसँगै नेपालले एकदिवसीय अन्तर्रा्ष्ट्रियमा क्रिकेटमा तेस्रो सर्वाधिक छिटो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes