संकटालाई ३–१ गोलले हराउँदै मछिन्द्र शीर्ष स्थानमा - Pahilo Online

संकटालाई ३–१ गोलले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

writer

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार साविक उपविजेता संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई ’बी’ र दिपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रञ्जित धिमालको कर्नरमा हेड गोल गरेका थिए ।

खेलको ६४ औं मिनेटमा विशालले फ्रिकिकबाट गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा संकटाका मेसोउकेले एक गोल फर्काएपनि मछिन्द्र ३(१ ले विजयी भयो ।

खेलमा मछिन्द्रका देवेन्द्र म्यान अफ दि म्याच चुनिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले १२ खेलमा २८ अंक जोडको छ । र, मछिन्द्रले उपाधि होड कायम राखेको छ । मछिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पारेको छ । दोस्रो स्थानमा झरेको आर्मीको २६ अंक रहेको छ । तर, आर्मीले एक खेल कम खेलेको छ । मछिन्द्रको जितसँगै लिगको उपाधि होड समेत रोमान्चक मोडतर्फ गएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes