एनआरटी मनाङ मस्र्याङ्दीसँग ४–१ गोल अन्तरले लाई पराजित, मनाङ तेस्रो स्थानमा उक्लियो - Pahilo Online

एनआरटी मनाङ मस्र्याङ्दीसँग ४–१ गोल अन्तरले लाई पराजित, मनाङ तेस्रो स्थानमा उक्लियो

writer

काठमाडौं । न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । आईतबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले हरायो ।

पहिलो हाफमा दुई गोल गरेको मनाङले दोस्रो हाफमा थप दुई गोल गर्यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्कायो । विमल रानाले ३५ औ मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्जन विष्टले ४३ औं मिनेटमा मनाङको अग्रता दोब्बर बनाए ।

६५ औ मिनेटमा अन्जनले ब्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी छदाँ सकुल रेग्मीले एनआरटीका लागि गोल गर्दै अन्तर घटाउने काम गरे । तर ईन्जुरी समयमा दया नन्द सिंहले गोल गर्दै मनाङलाई ४–१ को फराकिलो जित दिलाए ।

जित सहित मनाङ २२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनाङले दुई खेल अगावै आफुलाई शीर्ष ६ मा सुरक्षित गरेको छ । एनआरटी १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । पछिल्लो नतिजाले एनआरटीको शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes