सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस र थ्री स्टार विजयी - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस र थ्री स्टार विजयी

writer

काठमाडौं । नेपाल पुलिस क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । सातदोबाटोमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस शीर्ष पाँचमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन भरत साहले निर्णायक गोल गरे ।  खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच चुनिए । जितसँगै पाँचौं स्थानमा उक्लिएको पुलिसले ११ खेलमा १७ अंक जोडेको छ । ब्रिगेड ११ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ । सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच चुनिए । जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ । पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes