सहिद स्मारक ’ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लव विजयी - Pahilo Online

सहिद स्मारक ’ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लव विजयी

writer


काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीको जितमा वैकल्पिक खेलाडी राजेश परियार नायक बने । एनआरटीको जितमा दुवै गोल राजेशले गरे । राजेश २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको १० मिनेट नबित्दै ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

मैदानको दायाँ भागबाट दर्शन गुरुङले उपलब्ध गराएको पासलाई डिबक्स भित्र रहेका राजेशले सदुपयोग गर्दै गोल गरे । खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पायो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुके । अनिलको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकिदिए ।

यस सिजन अनिल गोल विहीन रहेका छन् । अनिलले २०७० पछि लिगका गोल गरेका छैनन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र एनआरटी २–० ले विजयी भयो । जितसँगै एनआरटी लिगको चौंथो स्थानमा उक्लिएको छ । एनआरटीले ९ खेलमा १५ अंक जोडेको छ । ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

आजै भएकोअर्को खेलमा च्यासल युथ क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा उत्तमले गोल गरेका थिए ।

फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गरेका हुन् । यस अघि बल पोजिसनमा पकड जमाएको च्यासलले फ्रेन्ड्सविरुद्ध गोल गर्न सकेनन् । उसका प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बु बाधक बनेका थिए । यस्तै च्यासल र फ्रेन्ड्सले पहिलो हाफमा पनि गोलको केहि अवसर गुमाएको थियो ।

खेलमा फ्रेन्ड्सका उत्तम म्यान अफ दि म्याच चुनिए । जितसँगै फ्रेन्ड्स लिगको नवौं स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको फ्रेन्ड्सले ९ खेलमा ११ अंक जोडेको छ । च्यासल ९ खेलबाट ९ अंक सहित लिगको दशौँ स्थानमा झरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes