सहिदस्मारक ए डिभिजनमा लिगमा संकटामाथि मनाङको सानदार जित  - Pahilo Online

सहिदस्मारक ए डिभिजनमा लिगमा संकटामाथि मनाङको सानदार जित 

writer

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २(० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए । खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए । संकटाविरुद्ध गोल गरेपछि हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टलाई सम्झदै मनाङका खेलाडी । जितसँगै लिगमा मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ लिगमा अपराजित रहने एक्लो टिम हो ।

संकटालाई हराएसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ । संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes