‘लिबियामा राजनीतिक हस्तक्षेप नगर्न शक्ति राष्ट्रहरु प्रतिबद्ध’ - Pahilo Online

‘लिबियामा राजनीतिक हस्तक्षेप नगर्न शक्ति राष्ट्रहरु प्रतिबद्ध’

writer

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लिबियामा देखिएको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध रहेको बताएका छन् । जर्मनको बर्लिनमा भएको शक्ति राष्ट्रहरुको सम्मेलनपछि महासचिव गुटेरसले लिबियामा जारी द्वन्द्व समाधानका लागि हस्तक्षेप नगर्न विश्वका नेताहरु एकमत भएको बताएको बीबीसीले जनाएको छ ।

शक्ति राष्ट्रहरुले लिबियामा जारी युद्धमा विदेशी हस्तक्षेप सीमित बनाउने र उत्तर अफ्रिकी मुलुकमा युद्धरत समूहलाई शान्तिपूर्ण लडाइको दिशामा र्पुयाउने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । सम्झौताले राजनीतिक प्रक्रियालाई अघि बढाउने र द्वन्द्वको सैनिक समाधानलाई नकार्ने नेताहरुले विश्वास लिएका छन् । नेताहरुले लिबियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गरी दिगो शान्तिका लागि राष्ट्रसंघको अगुवाइमा पहल हुनपर्ने धारणासमेत राखेका छन् ।

पछिल्ला महिनाहरुमा लिबियामा विदेशी सहयोगले हतियार, सेना र नगद प्रवाहका कारण युद्धरत दुवै पक्षले सैन्य विजय हासिल गर्ने प्रयास गरेकाले हिंसा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । सन् २०११ को विद्रोहपछि लामो समय सत्तामा रहेका मुअम्मर गद्दाफीलाई सत्ताच्यूत गराएसँगै लिबिया द्वन्द्वको मारमा परेको छ । त्यसयता निरन्तर जारी युद्धमा हजारौ सर्वसाधारण मारिनुका साथै कयौं घरबार विहिन भएको समाचारमा जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes