फिलिपिन्समा ज्वालामुखीका कारण आठ हजार बढी मानिस स्थानान्तरण - Pahilo Online

फिलिपिन्समा ज्वालामुखीका कारण आठ हजार बढी मानिस स्थानान्तरण

writer

काठमाडौं । ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा आठ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गरिएको छ । राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र खरानीका कारण वायू प्रदुषण भएको भन्दै अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन् ।

फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी तालको आसपासका सर्वसाधारण प्रभावित हुने भन्दै अन्यत्र स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले जनाएका छन् । ज्वालामुखी र भूकम्पका कारण अझै विनास निम्त्याउने भन्दै सतर्क रहन सरकारी अधिकारीहरुले अपिलसमेत गरेका छन् । ज्वालामुखीका कारण बाक्लो तुवाँलोले वायू प्रदुषण गरेको भन्दै मनिलामा अन्तर्रा्ष्ट्रिय उडानसमेत स्थगन गरिएको समाचारमा जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes